आज संसदमा सरकारको वार्षिक प्रतिवेदन पेश हुँदै

काठमाडौं । सोमबार संसदमा नेपाल सरकारको वार्षिक प्रतिवेदन पेस गरिँदैछ ।

प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ । सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८० र २०८०/८१’ पेस गर्ने कार्यसूची छ ।

बैठकमा सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यस्तै सोमबारको बैठकमा आकस्मिक समय, शून्य समय र विशेष समयमा सांसदहरुले आफनो धारणा राख्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार