ब्याज आम्दानी बढे सँगै आत्मनिर्भर लघुवित्तको नाफा साढे ८७ लाखले बढ्यो

काठमाडौं ।आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको ब्याज आम्दानी बढे सँगै नाफा बढेको छ । संस्थाले चालु आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै सो कुरा जनाएको हो ।

चालु आवको तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद मुनाफा २ करोड १४ लाख ६२ हजार रहेको छ । गत आवको सोहि अवधिमा संस्थाको खुद मुनाफा १ करोड २७ लाख ५ हजार रहेको थियो ।
.साथै चालु आवको तेस्रो त्रैमासमा संस्थाको खुद ब्याज आम्दानी १५ करोड ६८ लाख रहेको छ । गत आवको तेस्रो त्रैमासमा संस्थाको खुद ब्याज आम्दानी १३ करोड ९६ लाख रहेको थियो । संस्थाको सञ्चालन आम्दानी समेत बढेको देखिन्छ ।
सञ्चालन आम्दानी गत वर्षको तेस्रो त्रैमासमा १० करोड ६ लाख रहेकोमा चालु आवको तेस्रो त्रैमासमा ११ करोड रहेको छ ।

चुक्ता पुँजी ७ करोड ८३ लाख रहेको संस्थाको रिर्जभ कोषमा २० करोड र कुल सम्पत्ति १ अर्ब ९२ करोड रहेको छ । १ अर्ब ५१ करोड कर्जा तथा अग्रिम दायित्व रहेको संस्थाको खराब कर्जा भने बढेको छ । गत आवको तेस्रो त्रैमासमा ११.९४ प्रतिशत खराब कर्जा रहेकोमा त्यसमा वृद्धि हुँदै चालु आवको तेस्रो त्रैमासमा आइपुग्दा संस्थाको खराब कर्जा १५.०८ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार