२६०० मा नेप्से, नेप्सेसँगै घट्यो कारोबार रकम

काठमाडौं । साताको दोस्रो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार सामान्य अंकले बढेको शेयर बजार सोमबार दोहोरो अंकले घटेको हो ।

सोमबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १४.५३ अंकले घटेर २६४७.०७ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ३.५९ अंकले घटेर ४४५.४८ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स १.०१ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने १.१७ अंकले घटेको हो ।

सोमबार ३२७ वटा कम्पनीको २ करोड ३६ लाख ८९ हजार ७१ कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम ८ अर्ब ९१ कोड २८ लाख ४३ हजार पुगेको छ । जुन आइतबारको तुलनामा कारोबार रकम १ अर्ब ९६ करोड ३१ लाख ४८ हजारले कम हो ।
आइतबार ३१४ वटा कम्पनीको २ करोड ८४ लाख ३८ हजार ४२८ कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम १० अर्ब ८७ करोड ५९ लाख ९१ हजार पुगेको थियो ।

यसैबीच सोमबार बजार पुँजीकरण रकम ४४ खर्ब १ अर्ब ४८ करोड पुगेको छ ।

यसदिन ७८ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १६७ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।
यस दिन २ वटा उपसमूह बढ्दा बाँकी ७ वटा उपसमूह घटेको छ । वित्त ३४ र व्यापार १९ अंकले बढ्दा
बैंकिङ ९, विकास बैंक १५, होटल र पर्यटन १५, जलविद्युत २७, लगानी २.५२, जीवन बीमा १८, उत्पादन र प्रशोधन ३९, लघुवित्त ३६, म्युअुचल फण्ड ०.०८, निर्जीवन बीमा ३ र अन्य समूह ५ अंकले घटेको हो ।

यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा ङादी ग्रुप, राधी विद्युत कम्पनी, युनिर्भसल पावर कम्पनी ,हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभल्पमेन्ट कम्पनी र सानिमा माई हाइड्रोपावर रहेको छ ।

ङादी ग्रुपको ७० करोड ९४ लाख, राधी विद्युत कम्पनीको ४५ करोड १० लाख, युनिर्भसल पावर कम्पनीको ३८ करोड १३ लाख ,हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभल्पमेन्ट कम्पनीको ३५ करोड ३६ लाख र सानिमा माई हाइड्रोपावरको ३३ करोड ७५ लाख बराबर करोबार भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार