सर्वोच्चलाई शिक्षा मन्त्रालयको जवाफ : छिट्टै वार्तामार्फत विद्यालय खोल्ने वातावरण बन्छ

काठमाडौं । शिक्षा मन्त्रालयले सर्वोच्च अदालतलाई जवाफस्वरुप हालसम्मको प्रगति प्रतिवेदनसहित जवाफ दिएको छ ।

गत बिहीबार सर्वोच्चले सरकारका नाममा आदेश दिँदै तीन दिनभित्र शिक्षकहरुका जायज माग पूरा गरी पठनपाठनमा फर्काउने वातावरण तयार गर्न भनेकोमा मन्त्रालयले हालसम्म भएका प्रयासहरुसहित त्यो वातावरण निर्माणकाे प्रयास भैरहेको जवाफ दिएको हो ।

सर्वोच्चले आदेश प्राप्त भएको मितिले चौथो दिन प्रत्यर्थी शिक्षा मन्त्रालयले अदालतमा प्रतिवेदन पेश गर्न भनेको थियो । सोमबार जवाफ पठाउँदै मन्त्रालयले हालसम्म भएका वार्ता, सहमति प्रयास, औपचारिक र अनौपचारिक संवादहरुसहितको प्रतिवेदन पेस गरेको हो । वार्ता गरेर विद्यालय खोल्ने प्रक्रिया अघि बढाउने तयारी भैरहेको मन्त्रालयले पत्रमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार