गृहले गर्यो तीन जिल्लाको सीडीओ सरुवा

काठमाडौं । गृह मन्त्रालयले तीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित ४ सहसचिव र दुई उपसचिवको सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट उनीहरूको सरुवा गरिएको हो ।

तनहुँका सीडीओ श्यामकृष्ण थापालाई रामेछाप सरुवा गरिएको छ । यसै गरी, रामेछापबाट राजुप्रसाद पौडेललाई गृह मन्त्रालयमा तानिएको छ । गृहबाट बद्रीनाथ गैह्रेलाई दैलेखको जिम्मेवारी दिइएको छ ।

यसै गरी दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीलाई गृहमा तानिएको छ । गृहबाट बन्धुप्रसाद बास्तोलालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार