प्रतिनिधिसभाबाट ‘भन्सार विधेयक’ पारित

काठमाडौं । प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित भएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विधेयक पारित गरियोस् भनेर गरेको प्रस्ताव पारित भएको हो ।

यो विधेयक १८ असोज २०८० मा प्रतिनिधिसभामा दर्ता भएको थियो । तत्कालीन अर्थमन्त्री डा. प्रकाश शरण महतले प्रतिनिधिसभामा विधेयक दर्ता गरेका थिए । उक्त विधेयक १८ चैत २०८० मा दफावार छलफलका लागि अर्थ समितिमा पुगेको थियो ।

अब सो विधेयक राष्ट्रिय सभाले पारित गरेपछि पुनः प्रतिनिधिसभामा आउँछ । त्यसपछि सभामुख हुँदै राष्ट्रपति कहाँ पुग्छ र राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनको रुपमा कार्यान्वयनमा आउने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार