काठमाडौं । साताको तेस्रो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार सामान्य अंकले बढेको शेयर बजार सोमबार र मंगलबार दोहोरो अंकले घटेको हो ।
मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १५.०८ अंकले घटेर २६३१.९८ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १.९३ अंकले घटेर ४४३.५४ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स ०.७८ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.१९ अंकले घटेको हो ।
मंगलबार ३११ वटा कम्पनीको १ करोड ८४ लाख ९१ हजार ९४१ कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम ७ अर्ब ५७ करोड ५२ लाख ६ हजार पुगेको छ । जुन सोमबारको तुलनामा कारोबार रकम १ अर्ब ३३ करोड ७६ लाख ३७ हजारले कम हो । सोमबार ३२७ वटा कम्पनीको २ करोड ३६ लाख ८९ हजार ७१ कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम ८ अर्ब ९१ कोड २८ लाख ४३ हजार पुगेको थियो ।
यसैबीच मंगलबार बजार पुँजीकरण रकम ४३ खर्ब ७६ अर्ब ३९ करोड पुगेको छ ।
यसदिन ५७ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १८८ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।
यस दिन १ वटा उपसमूह बढ्दा बाँकी १२ वटा उपसमूह घटेको छ । म्युअुचल फण्ड ०.०१ अंकले बढ्दा
बैंकिङ ८, विकास बैंक ४९, वित्त ३०, होटल र पर्यटन ४१, जलविद्युत ७, लगानी ०.९६, जीवन बीमा ७१, उत्पादन र प्रशोधन २५, लघुवित्त ३६, निर्जीवन बीमा ४०, व्यापार २४ र अन्य समूह १८ अंकले घटेको हो ।
यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा सानिमा माई हाइड्रोपावर, ङादी ग्रुप, राधी विद्युत कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभल्पमेन्ट लिमिटेड र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभल्पमेन्ट कम्पनी रह्यो । सानिमा माई हाइड्रोपावरको ८२ करोड ४३ लाख, ङादी ग्रुपको ६२ करोड १६ लाख, राधी विद्युत कम्पनीको ४६ करोड ४४ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभल्पमेन्ट लिमिटेडको २५ करोड ७३ लाख र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभल्पमेन्ट कम्पनीको २३ करोड ८५ लाख बराबर कारोबार भयो ।

