डिप्रोक्स लघुवित्तको नाफा ७०.८५ प्रतिशतले बढ्यो

काठमाडौं ।डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको नाफा बढेको छ । चालु आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै नाफा बढेको बताएको हो ।

चालु आवको तेस्रो त्रैमाससम्म संस्थाको खुद मुनाफा ४३ करोड २१ लाख रहेको छ जुन गत आवको सोहि अवधिको तुलनामा खुद मुनाफा १७ करोड ९२ लाखले बढी हो । गत आवको तेस्रो त्रैमाससम्म संस्थाको खुद मुनाफा २५ करोड २९ लाख रहेको थियो । संस्थाले ब्याज आम्दानी, सञ्चालन आम्दानी र सञ्चालन मुनाफामा सुधार गरे सँगै खुद मुनाफा बढेको हो ।

गत आवको तेस्रो त्रैमाससम्म संस्थाको ब्याज आम्दानी ९७ करोड ९० लाख रहेकोमा चालु आवको सोहि अवधिमा ब्याज आम्दानी १ अर्ब ४९ करोड १६ लाख रहेको छ ।
१ अर्ब ८६ करोड ८२ लाख चुक्ता पुँजी रहेको संस्थाको कुल सम्पत्ति , दायित्व र इक्विटी समेत बढेको छ । गत आवमा कुल सम्पत्ति २४ अर्ब ७४ करोड २१ लाख रहेको संस्थाको चालु आवमा भने २६ अर्ब ४५ करोड ९९ लाख पुगेको छ । संस्थाको कुल इक्विटी रकम ३ अर्ब ६५ करोड २६ लाख रहेको छ ।

नाफा र आम्दानीमा सुधार देखिएको संस्थाको चालु आवको तेस्रो त्रैमाससम्म आइपुग्दा प्रति शेयर आम्दानी (इपीएस) समेत बढेको छ । गत आवमा १९.७७ रुपैयाँ रहेको संस्थाको इपीएस चालु आवमा आइपुग्दा ३०.८४ रुपैयाँ रहेको छ । संस्थाको खराब कर्जा भने थोरै बढ्दै ८.६६ प्रतिशत पुगेको छ । संस्थको प्रति शेयर नेटवर्थ १९५.५१ रुपैयाँ, प्रति शेयर कुल सम्पत्तिको मूल्य १ हजार ४१६.२७ रुपैयाँ, मुल्य आम्दानी अनुपात २५.१७ गुण र तरलता अनुपात ४.४७ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार