काठमाडौं । विश्वकै उत्कृष्ट ४४ क्लबको सूचीमा स्थान बनाउँदै, ठमेलस्थित एलओडी (Lord of the Drinks) क्लबले सोमबार साँझ विशेष उत्सवका साथ आफ्नो ६ औँ वार्षिकोत्सव मनायो। कार्यक्रममा क्लबका निर्देशक भुपेन कुँवरले क्लबको सफलता पछाडि रहेका मुख्य कारणहरूबारे दार्शनिक शैलीमा आफ्ना भनाइ प्रस्तुत गरे।
‘यो क्लबको मेरुदण्ड भनेको यहाँका कर्मचारीहरु हुनुहुन्छ,’ कुँवरले भावुक हुँदै भने, ‘उहाँहरूको मेहनत र जाँगरले नै आज हामी यो स्थानमा छौं।’
प्रति दिन सयौं पाहुनाको स्वागत गर्ने एलओडी, अब काठमाडौं आउने विदेशी र देशी पर्यटकको पहिलो रोजाइ बन्न थालेको छ। ठमेलको व्यस्त गल्लीमा अवस्थित यो क्लब केवल मनोरञ्जनको केन्द्र मात्रै नभई, मानिसका तनाव भुलाउने थलो पनि बनिरहेको कुँवरको अनुभव छ।
उनका अनुसार क्लबमा एक सय ५० जना भन्दा बढी कर्मचारीहरू छन् । यो क्लबको मेरुदण्ड कर्मचारीहरु हुन् । कर्मचारीको निरन्तरको मेहनतले क्लबलाई यहाँसम्म ल्याइ पुर्याएको कुँवर बताउँछन् ।
‘हामी यहाँ आउने सबै पाहुनालाई एकै नजरले हेर्छौ । यहाँको आतिथ्यताले पुनः ती पाहुनाहरू फर्केर आउनुहोस भनेर सम्मान गरेर पठाउँछौ । हामी नेपाली समाजदेखि टाढा छैनौ,’ उनले उल्लेख गरे,’ हामी पनि यहीँ समाजका नागरिक हौँ । हामीप्रति कोही पनि नकरात्मक नभइदिनु होला । हामीले विःशुद्ध व्यवसाय गरेका हौँ । हाम्रो तर्फबाट राज्यलाई गर्नुपर्ने दायित्त्व पुरा गरेका छौ ।‘
रात्रीकालीन व्यवसायका धेरै चुनौती रहेको कुँवरले सुनाए । ‘व्यवसायमा उतारचढाव आइरहँदो रहेछ यसलाई व्यवसायीले सिकाइको रुपमा र थप मजुबत हुने अवसरको रुपमा लिनुपर्ने रहेछ,’ उनले अनुभव सुनाए ।
क्लबप्रति हाम्रो मुलुकमा वा नेपाली समाजमा सकरात्मक धारणा बन्न नसकेको उनले गुनासो गरे । क्लब जाने मानिस बिग्रने विकृती ल्यायो जस्ता धारणा बन्ने गरेको उनले दुःखेसो पोखे ।
निर्देशक कुँवरले एलओडी क्लबले क्लबप्रतिको धारणालाई कता-कता चिर्न सकेको दाबी गरे । जहाँ क्लब जानु भनेको नराम्रो मानिने समाजमा हाम्रो जीवन रहेको उनको बुझाइ छ ।
उनले विचार र नियत राम्रो भए जहाँसुकै पनि राम्रो भइने धारणा व्यक्त गरे । ‘नियत खराब भए त कसको के लाग्छ र? आज म दाबीको साथ भन्छु परिवारसहित क्लब आउने वातावरणको सुरुवात एलओडीले बनाएको भन्दा फरक नपर्ला,’ उनले अगाडि थपे,’ यहाँ परिवारसहित आएर आनन्दले नाँचेर मनोरन्जन गर्न सक्नुहुन्छ । अहिले काठमाण्डौँ आउने देशी तथा विदेशी पाहुनाहरूको पहिलो लिस्टमा एलओडी प्राथमिकतामा पर्न थालेको छ । यो मुलुकका लगि गौरवको विषय बनेको छ ।‘
उनी ठमेल पर्यटकीय क्षेत्र रहेकाले यहाँ आन्तरिक पर्यटक आउन हिच्किचाउने गरेको विगत सुनाउँछन् । यहाँबाट मँहगी र विकृतीको सन्देश बाहिर गयो । हामीले विकृती नभइ सभ्य व्यवसाय गरेकाले राम्रो सन्देश दिन सफल भएको उनले गौरवसाथ सुनाए ।
व्यवसायमा आउनु ठूलो कुरा होइन आएपछि आइपुगेको ठाउँमा कसरी टिक्न सकिन्छ त्यो महत्त्वपूर्ण रहेको उनको बुझाइ छ । कुँवर सुनाउँछन्,’ हाम्रो व्यवसायिक जीवनमा धेरै पात झरे र पालुवा पनि पलाए । तर हामीले निरन्तर कर्म गर्न भने छोडेनौँ । सायद कर्मको निरन्तरताले हाम्रो भेट जुराएको जस्तो लाग्छ । हामीलाई सञ्चारजगतले ठूलो टेवा पुर्याएको छ ।
कुँवरका अनुसार क्लब सामाजिक न्यायमा सदा अडिग छ । लैंगिक समानतालाई पनि उत्तिकै महत्त्व दिएर महिला र पुरुष कर्मचारी बराबर संख्यामा छन् । उनले संविधानलाई सधैँ शिरोधार्य गरेको र नेपाली समाजदेखि टाढा नपुगेको बताए ।
क्लबमा आन्तरिक सजावटका लागि नयाँ स्वरूपमा बदल्न लागिएको छ । नयाँ सीट व्यवस्थापन भइसकेको छ । लाइट, म्युजिक सिस्टम र होल इन्टिरियरिङ डिजाइन परिवर्तन गर्ने योजना रहेको कुँवरले प्रस्ट पारे ।
‘अन्तर्राष्ट्रिय बजारमा एलओडीलाई कसरी बढीभन्दा बढी मार्केटिङ गर्ने भनेर अगाडि गइन्छ,’ उनले थपे,’ सासाथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको जमघट गराएर ठूला- ठूला कार्यक्रम गर्ने योजना छ । ग्राहक तथा पाहुनालाई स्वागत गर्ने तरिकालाई थप प्रभावकारी बनाइनेछ ।‘

