काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ।
बुधबार प्रि ओपन सेसनमा ०.०७ अंकले घटेर २६३१.९० विन्दुमा पुगेका छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०९ अंक घटेको छ।
बुधबार प्रि ओपन सेसनमा ४४ स्टकको १५१ पटकको कारोबारमा २१ करोड १९ लाख ४२ हजार ३९२ रुपैयाँ बराबरको ३ लाख ३७ हजार ४३६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १८ स्टकको मूल्य बढेको छ भने २५ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

