रेशम चौधरी पक्राउ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । नेपाल प्रहरीले टीकापुर हत्याकाण्डकै कारण पक्राउ गरेको बताएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराका अनुसार रेशमलाई टीकापुर घटनाकै कैद भुक्तान बाँकी रहेकाले अदालतको आदेशअनुसार पक्राउ गरेको हो ।

चौधरीलाई काठमाडौँ प्रहरी परिसरको टोलीले नेपाल प्रज्ञा प्रतिष्ठानको परिसरबाटै नियन्त्रणमा लिएको हो।

उनी नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकता घोषणाका लागि प्रज्ञा प्रतिष्ठान पुगेका थिए। एकताका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा कार्यक्रम आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार