तीन दिन लगातार घट्यो शेयर बजार, आज नेप्से घट्दा बढ्यो कारोबार रकम

काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार सामान्य अंकले घटेको छ । आइतबार सामान्य अंकले बढेको शेयर बजार सोमबार देखि निरन्तर घटेको हो ।

बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ८.१४ अंकले घटेर २६२३.८३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १.५३ अंकले घटेर ४४२.०० विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स ०.५० र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.३४ अंकले घटेको हो ।

बुधबार ३१४ वटा कम्पनीको २ करोड ४६ लाख ४१ हजार २६१ कित्ता शेयर कारोबार हुँदा कारोबार रकम ९ अर्ब ३७ करोड ४१ लाख २२ हजार पुगेको छ । जुन मंगलबारको तुलनामा कारोबार रकम १ अर्ब ७९ करोड ८९ लाख १६ हजारले बढी हो । मंगलबार ३११ वटा कम्पनीको १ करोड ८४ लाख ९१ हजार ९४१ कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम ७ अर्ब ५७ करोड ५२ लाख ६ हजार पुगेको थियो ।

यसैबीच बुधबार बजार पुँजीकरण रकम ४३ खर्ब ६२ अर्ब ८५ करोड पुगेको छ ।

यसदिन १०७ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १३६ वटा कम्पनीको शेयर मूल्य घटेको छ र १ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

यस दिन ४ वटा उपसमूह बढ्दा बाँकी ९ वटा उपसमूह घटेको छ । जलविद्युत २२, लघुवित्त १.९५, म्युअुचल फण्ड ०.०४ र व्यापार १८ अंकले बढ्दा बैंकिङ ९, विकास बैंक ५७, वित्त ३०, होटल र पर्यटन ३२, लगानी ०.१२, निर्जीवन बीमा २३ र अन्य समूह २७ अंकले घटेको हो ।

यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा राधी विद्युत कम्पनी, ङादी ग्रुप, सानिमा माई हाइड्रोपावर,अरुण भ्याली हाइड्रोपावर डेभ्लपमेन्ट कम्पनी र हिमालयन पावर पार्टनर रह्यो । राधी विद्युत कम्पनीको ५८ करोड ४ लाख, ङादी ग्रुपको ५२ करोड ९९ लाख, सानिमा माई हाइड्रोपावरको ५० करोड ९४ लाख,अरुण भ्याली हाइड्रोपावर डेभ्लपमेन्ट कम्पनीकाृ ४२ करोड ३० लाख र हिमालयन पावर पार्टनरको ३५ करोड ९४ लाख बराबर कारोबार भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार