काठमाडौं ।नेपाल राष्ट्र बैंकको गभर्नर छनोट समितिले पूर्णता पाएको छ । बुधबार बसेको मन्त्रिपरिषद वैठकले निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई छनौट समिति सदस्य बनाएको हो ।
पूर्व गभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि रिक्त स्थानमा अधिकारीलाई सदस्य बनाइएको हो । अधिकारीलाई नयाँ गभर्नर छान्ने जिम्मा दिने निर्णय भएको एक अधिकारीले ईक्विटि नेपाललाइ बताए।
भट्टराईले बैशाख ९ गते राजीनामा दिएका थिए । समितिका अर्का सदस्य डा. विश्व पौडेल छन्
नेपाल राष्ट्र बैंकको गभर्नर पद चैत २४ गतेदेखि रिक्त छ । अधिकारीको कार्यकाल सकिएको करिब १ महिना बित्दासमेत सरसससररले गभर्नर नियुक्त गर्न सकेकाे छैन
बुधबार नै सर्वोच्च अदालतले मापदण्ड संशोधन कार्यान्वयन नगर्नु भन्ने अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।

