कोशीमा आजदेखि दुई दिने लगानी सम्मेलन, प्रधानमन्त्रीले उद्घाटन गर्ने

काठमाडौं । कोशी प्रदेश सरकारले आजदेखि दुई दिन लगानी सम्मेलन गर्दैछ । विराटनगरमा हुने सम्मेलनमा २० विदेशीसहित दुई सय बढी लगानीकर्ता सहभागी हुँदैछन् ।

लगानी सम्मेलनमा कृषि, पर्यटन, ऊर्जा, उद्योग, पूर्वाधार, आइटीलगायत विभिन्न आठ क्षेत्रबाट एक खर्ब ७३ अर्ब ४९ करोडबराबरका ७१ वटा परियोजना सोकेसमा राखिएका छन् । सम्मेलनका क्रममा दुई दर्जनभन्दा बढी परियोजनामा निजी क्षेत्रका स्वदेशी र विदेशी लगानीकर्ताहरूसँग सम्झौता हुने अपेक्षा गरिएको छ ।

सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

लगानी सम्मेलनमा नेपालको निजी क्षेत्रसँगै चीन, रुस, अमेरिका, दक्षिण कोरिया, भारत लगायतका देशका लगानीकर्ता र गैरआवासीय नेपालीहरूको सहभागिता हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार