सुन चाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुन चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला ४ हजार ६ ०० ले घटेको छ । महासंघका अनुसार बिहीबारको लागि छापावाला सुन प्रतितोला १ लाख ८३ हजार ५०० तोकिएको छ ।

बुधबार सुन प्रतितोला १ लाख ८८ हजार १०० मा किनबेच भएको थियो।

यसैगरी, बिहीबार चाँदीको मूल्य पनि प्रतितोला ५० ले घटेको छ। बिहीबारका लागि चाँदीको मूल्य प्रतितोला १ हजार ९१५ तोकिएको छ ।

बुधबार चाँदी प्रतितोला १ हजार ९६५ मा कारोबार भएको थियो।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३२ सय ३१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार