ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ दोस्रो बजारमा सूचीकृत

काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेञ्ज, नेप्सेमा सूचीकृत भएको छ । बुधबार कम्पनीको कुल ६० लाख कित्ता सेयर दोस्रो बजारमा सूचीकृत भएको हो । यस कम्पनीले सर्वसाधारण समूहको १८ लाख र संस्थापक समूहको ४२ लाख कित्ता गरी कुल ६० लाख कित्ता सेयर दोस्रो बजारमा सूचीकृत गरेको हो ।

ओएमपिएल स्टक संकेतबाट कम्पनीको सेयर सूचीकृत भएको छ । सूचीकृत भएको भोलिपल्टदेखि कारोबारयोग्य हुने यी शेयर बिहीबार सार्वजनिक बिदा परे सँगै आइतबारदेखि कारोबार योग्य हुनेछन् ।
आइतबार स्पेशल प्रि ओपनिङ सेसनमा कारोबार भए कम्पनीको सेयर कारोबार नियमित सेसनमा अघि बढ्नेछ । कम्पनीको संस्थापकतर्फको र कर्मचारीको सेयर आगामी तीन वर्षसम्म ‘लक इन’ मा रहनेछ भने सर्वसाधारणतर्फको पनि सामूहिक लगानीकोषको स्वामित्वमा रहेको शेयर आगामी छ महिनासम्म ‘लक इन’ मा रहनेछ ।

कम्पनीको सेयर कारोबारका लागि नेप्सले न्यूनतम ९०.१७ रुपैयाँदेखि २७०.५१ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ । यही बीचमा रहेर कम्पनीको पहिलो सेयर कारोबार हुनेछ । नेप्सेले कम्पनीको सेयर कारोबारका लागि ’ओएमपीएल’ संकेत प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार