काठमाडौं । सरकारले बिगतमा बिभिन्न सरकारले घोषणा गरेका सम्पुर्ण बिकास निर्माणका कार्यक्रममा देखा परेका कमिकमजोरीलाई सुधार गर्न बिकासको ढाचा संकृति फेर्ने, बिगतमा बिभिन्न सरकारले घोषणा गरेका भौतिक पुर्बाधारका क्षेत्रका सबै परियोजनाको पुर्नप्राथमिकीकरण गर्ने परियोजनाको बर्गिकरण गरि आर्थिक बर्ष २०८२/०८३ मा सम्पन्न हुने र यो संसदको समायबधि भित्र सम्पन्न हुने गरी तालिका निर्माण गर्ने सम्पन्न नहुने खालका योजना पहिचान गरि स्थगत गर्ने,राष्ट्रपति राम चन्द्र पौडेलले आर्थिक बर्ष २०८२/०८३ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
नेपालको संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गर्ने व्यावस्था रहेको छ । नीति तथा कार्यक्रममाथि वैशाख २२ देखि २८ गतेसम्म छलफल गरी पारित गर्ने कार्यसूची यसअघि नै तय भएको छ ।
यस्तै, वैशाख ३० गते विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुनेछ ।


