काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आगामी दशकलाई आन्तरिक रोजगारी दशक मनाइने बताएका छन् ।
आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत् श्रम गर्नेको संस्कृतिको विकास गर्दै श्रमलाई सम्मान गर्ने परिपारटी बसाल्ने छ । इन्र्टनलाई पनि स्टार्टअपमा संलग्न गर्न कार्यघण्टाम आधारित ज्याला प्रणाली लागु गरिनेछ । योगदानमा आधारित सामाजिक सुरक्षालाई अनिवार्य गरिने बताइएको छ । ।
श्रम अडिटको माध्यमबाट आधारभुंत श्रम कार्यान्वयनको मापदण्ड सुनिश्चित गरिनेछ ।
दक्ष जनशक्ति पलायन रोक्न विगतमा भए गरेका तर हाल रोकिएका श्रमको सम्पूर्ण अभ्यासलाई निरन्तरता दिइने बताइएको छ । ।
देशभित्रै उद्यमशीलता विकास गरी युवा रोजगारी सिर्जना गरिनेछ । आगामी दशकलाई आन्तरिक रोजगारी दशक का रुपमा मनाइने छ । रोजगारी तथा ज्याला दुवैका माध्यमबाट आन्तरिक रोजगारीको सिर्जना गरिनेछ वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन नीति, कानुन तथा कार्यविधि संशोधन गरिने बताइएको छ । । साथै अन्तराष्ट्रिय श्रम बजारका मागअनुसार सीप युक्त जनशक्ति तयार गर्न राष्ट्रिय व्यसायिक सीप प्रशिक्षण प्रतिष्ठानको भूमिका विस्तार गरिनेछ । सबै प्रकृतिका रोजगारीमा योगदानमा आधारित सुरक्षा कोषमा आवद्धता गरिने बताइएको छ । ।

