स्वास्थ्य बीमा बोर्डको पुर्नसंरचना गर्ने

काठमाडौं । सरकारले स्वास्थ्य बीमा  प्रणाली एकिकृत गरि उपचारको दायरा बढाउने भएको छ । गम्भिर प्रकृतिका रोगको उपचार बीमाबाट गर्न सुबिधा थैली परिमार्जन गर्ने भएको छ  बीमा सेबाको प्रबर्धन सुसासन  र बित्तिय स्थायित्वको लागि बोर्डको पुर्नसंरचना गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३  का लागि राष्ट्रपति राम चन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आर्थिक बर्ष २०८२/०८३ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

नेपालको संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गर्ने व्यावस्था रहेको छ ।

नीति तथा कार्यक्रममाथि वैशाख २२ देखि २८ गतेसम्म  छलफल गरी पारित गर्ने कार्यसूची यसअघि नै तय भएको छ  ।

यस्तै, वैशाख ३० गते विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुनेछ 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार