कान्ति लोकपथ अवरुद्ध

हेटौँडा । काठमाडौँ जोड्ने कान्ति लोकपथ सडक अवरुद्ध भएको छ। बगुवामा बनाएको बागमती खोलाको डाइभर्सन बगाउँदा कान्ति लोकपथ अवरुद्ध भएको हो ।

आइतबार बिहानदेखिको वर्षाका कारण मकवानपुर र ललितपुरको सिमानास्थित बागमती खोलामा सवारी साधन आवतजावत गर्न बनाएको डाइभर्सन बाटो बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

सो सडक खण्ड वैशाख १८ गते देखि जेठ १ गते सम्म दैनिक ६ घण्टा बन्द गरिएको थियो । मकवानपुर तर्फको गँगटेमा बाटो चौडा पार्न भिर कटान गर्नु पर्ने भएकाले दैनिक १० बजेदेखि ४ बजेसम्म सो सडक बन्द गरिएको थियो ।

अवरुद्ध सडक खुलाउने पहल भइरहे पनि समय लाग्ने प्रहरीले जनाएको छ । हेटौँडा काठमाडौँ आवतजावत गर्न हाललाई अन्य बाटोहरू प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार