लगातार चार दिन घट्यो शेयर बजार, ३ अंकले नेप्से घट्दा करिब १३ करोडले घट्यो कारोबार

काठमाडौं । साताको पहिलो दिन शेयर बजार सामान्य अंकले घटेको छ । सोमबार देखि निरन्तर घटेको शेयर बजार आइतबार पनि घटेको हो ।

आइतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ३.४४ अंकले घटेर २६२०.३९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.५१ अंकले घटेर ४४१.४९ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स ०.०७ ले घट्दा सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.०६ अंकले बढेको छ ।

आइतबार ३२२ वटा कम्पनीको २ करोड १९ लाख ५ हजार ३११ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ९ अर्ब २४ करोड ५५ लाख ८३ हजार पुगेको छ । जुन बुधबारको तुलनामा करोबार रकम १२ करोड ८५ लाख ३९ हजारले कम हो । बुधबार ३१४ वटा कम्पनीको २ करोड ४६ लाख ४१ हजार २६१ कित्ता शेयर कारोबार हुँदा कारोबार रकम ९ अर्ब ३७ करोड ४१ लाख २२ हजार पुगेको हो ।

यसैबीच आइतबार बजार पुँजीकरण रकम ४३ खर्ब ५७ अर्ब १३ करोड पुगेको छ ।

यसदिन ११७ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १२८ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।
यस दिन ५ वटा उपसमूह बढ्दा बाँकी ८ वटा उपसमूह घटेको छ । बैंकिङ १, विकास बैंक् ३, होटल र पर्यटन ३, उत्पादन र प्रशोधन ४४ र निर्जीवन बीमा २९ अंकले बढ्दा वित्त ३१, जलविद्युत ३, लगानी ०.९८, जीवन बीमा ३७, लघुवित्त १२, म्युअुचल फण्ड ०.०८, व्यापार ३८ र अन्य समूह ०.५२ अंकले घटेको हो ।

यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा सानिमा माई हाइड्रोपावर, ङादी ग्रुप, राधी विद्युत कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभल्पमेन्ट लिमिटेड र अपि पावर कम्पनी रह्यो ।

सानिमा माई हाइड्रोपावरको ६० करोड ४८ लाख, ङादी ग्रुपको ५५ करोड १४ लाख, राधी विद्युत कम्पनीको ५१ करोड ४६ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभल्पमेन्ट लिमिटेडको ५० करोड ५६ लाख र अपि पावर कम्पनीको ३९ करोड ४५ लाख बराबर करोबार भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार