काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रति तोला पाँच सय रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रति तोला १ लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य १ लाख ८४ हजार १०० रुपैयाँ थियो ।
चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार चाँदी प्रति तोला १ हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

