CLI

सम्पदा लघुवित्तले माग्यो सीईओ, के चाहिन्छ योग्यता?

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ ।

मंगलबार एक सूचना जारी गर्दै कम्पनीले योग्यता पुगेका इच्छुक योग्य नेपाली नागरिकहरुबाट निवेदनसहित बायोडाटा, हालसालै खिचेको पासपोर्ट साइजको फोटो, नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यता तथा कार्य अनुभवको प्रमाणपत्रको प्रतिलिपि सहित २०८२ वैशाख ३० गते कार्यालय समयभित्र कम्पनीको मेल [email protected] वा संस्थाको केन्द्रीय कार्यालय बन्दीपुर, तनहूँमा आवश्यक कागजातहरु प्राप्त हुने गरी दरखास्त आह्वान गरेको हो ।

योग्यता तथा कार्य अनुभव मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टर्ड एकाउण्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्तीय मौद्रिक अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन, ग्रामीण विकास, कृषि, समाजशास्त्र वा कानून विषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्व विद्यालय वा त्यस्तो कार्य गर्ने संघ संस्थाको अधिकृत तह वा सो भन्दा माथिको पदमा कम्तिमा ५ वर्षको कार्य अनुभव हासिल भएको व्यक्तिले दरखास्त दिन सक्नेछन् ।

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाको कार्यकारिणी तहमा कम्तिमा ५ वर्ष वा व्यवस्थापकीय तहमा रही कम्तिमा १० वर्षको कार्य अनुभव हासिल गरेको, उच्च सम्पर्क र समन्वय गर्न सक्ने क्षमता भएको, लघुवित्त क्षेत्रमा विद्यमान समस्याको सामना र समाधानको लागि प्रतिवद्ध एवम् स्थलगत कार्य सम्पादन गर्न सक्षम र योग्य उम्मेद्वारलाई विशेष ग्राह्यता दिइने सूचनामा उल्लेख छ ।

उमेरको हद ६० वर्ष उमेर ननाघेको वित्तीय संस्थाको बहालवाला कर्मचारीलाई उल्लिखित उमेरको हद लाग्ने छैन । तलब तथा अन्य सुविधा आपसी समझदारीमा तय गरिने बताइएको छ ।

अन्तवार्ता तथा प्रस्तुतिकरण संस्थाको २०८१ साल चैत्र मसान्तको वित्तीय विवरण / अवस्थामा आधारित रही वित्तीय अवस्था सुदृढीकरण सम्बन्धी रणनैतिक व्यवसायिक योजनाको प्रस्तुतिकरण गर्नुपर्ने छ । छनौट प्रक्रिया रीतपूर्वक प्राप्त दरखास्तहरु मध्ये शैक्षिक योग्यता तथा कार्य अनुभवको आधारमा छोटो सूचीमा परेका आवेदकहरुलाई मात्र अन्तर्वार्ता तथा प्रस्तुतिकरणमा सहभागी गराइने सूचनमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार