CLI

आकाशियो सुनको मूल्य

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यमा व्यापाक वृद्धि भएको छ ।  मंगलबार छापावाल सुन प्रति तोला ५ हजार ३०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रति तोला १ लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य १ लाख ८४ हजार ६०० रुपैयाँ थियो ।

यही वैशाख ९ गते सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ९०० रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। त्यसयता सुनको मूल्यमा नौ दिनमै १४ हजार ४०० रुपैयाँ गिरावट आएको थियो।

आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी प्रति तोला १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको मूल्य १ हजार ९१० रुपैयाँ थियो । चाँदी तोलामा ५५ रुपैयाँ बढेको हो ।

 

 

Leave Your Comment

Related News