धनगढीमा पञ्चकन्या ग्रुपको प्रिमियम बाथवेयर उपलब्ध

धनगढी । पञ्चकन्या ग्रुपले आफ्नो नयाँ ब्रान्ड पञ्चकन्या बाथवेयर धनगढीमा औपचारिक शुभारम्भ गरेको छ। कम्पनीले प्रिमियम बाथवेयर उत्पादनहरू नेपाली बजारमा सहज रूपमा उपलब्ध गराउने लक्ष्यसहित यो नयाँ उपक्रम सुरु गरेको हो।

पञ्चकन्या बाथवेयरले सुन्दर र कार्यक्षम डिजाइनमा आधारित उच्चस्तरीय ट्याप, सावर तथा अन्य सहायक उपकरणहरू प्रस्तुत गरेको छ। यी उत्पादनहरू विलासिता, उपयोगमा सहजता र दीर्घकालीन भरपर्दोपनको सन्तुलित संयोजन भएको कम्पनीको दाबी छ। नेपाली घरपरिवार तथा व्यवसायिक स्थलहरूको दैनिक उपयोगलाई अझ आधुनिक र दिगो बनाउने उद्देश्यसहित यस ब्रान्डको विकास गरिएको बताइएको छ।

धनगढीमा आयोजित डिलर लञ्च कार्यक्रममा स्थानीय व्यवसायिक संघ, शिक्षा, होटल तथा निर्माण क्षेत्रका ६० भन्दा बढी विशिष्ट व्यक्तिहरूको सहभागिता रह्यो। कार्यक्रममा पञ्चकन्या ग्रुपका निर्देशक अशिक श्रेष्ठले कम्पनीको गुणस्तर, नवप्रवर्तनप्रति प्रतिबद्धता तथा नयाँ ब्रान्डको दीर्घकालीन सम्भावनाहरूबारे जानकारी गराए।

त्यसैगरी, सेल्स हेड बसन्त रिजालले पञ्चकन्या बाथवेयरका उत्पादनहरूको विशेषता, सेवा प्रत्याभूति तथा आगामी रणनीतिबारे सहभागीहरूलाई विस्तृत जानकारी दिएका थिए। कम्पनीले प्रिमियम गुणस्तर र मूल्यको सन्तुलनमार्फत बजारमा रहेको सीमित रोजाइको समस्यालाई सम्बोधन गर्ने विश्वास व्यक्त गरेको छ।

यो नयाँ पहलले नेपाली बाथवेयर उद्योगमा नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार