ठेक्का प्रक्रियाविरुद्धको रिटमा जगदुल्ला हाइड्रोपावरसँग लिखित जवाफ माग

काठमाडौं । जगदुल्ला हाइड्रोपावर लिमिटेड र बोलपत्र मूल्यांकन समितिसँग उच्च अदालत पाटनले लिखित जवाफ मागेको छ ।

मंगलबार ठेक्का प्रक्रियाविरुद्धको रिटमा सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीश टंकप्रसाद गुरुङको एकल इजलासले १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश गरेको छ ।

आयोजनामा प्रक्रियाविपरीत टेन्डर अघि बढाइएको भन्दै सोमबार सिउ इन्फास्ट्रक्चर लिमिटेड र हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सनले रिट दायर गरेका थिए । उक्त रिटमाथि कारण देखाउ आदेश जारी गर्दै उच्चले लिखित जवाफ माग गरेको हो ।

यस्तै अन्तरिम आदेशका लागि अदालतले दुवै पक्षलाई वैशाख ३० गते छलफलमा बोलाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार