बाल मन्दिर जग्गा हिनामिना : उपप्रधानमन्त्री सिंहकी दिदीसहित १७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयले नक्सालस्थित बाल मन्दिरको २८ रोपनी ५ आना जग्गा हिनामिना प्रकरणमा उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहकी दिदी रीता सिंहसहित १७ जनाविरुद्ध मुद्दा चलाउने निर्णय गरेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले मुद्दा चलाउन नपर्ने निर्णय गरेको थियो । जिल्लाले मुद्दा चलाउन नपर्नेरायसहित उच्च सरकारी वकिलको कार्यालयमार्फत महान्यायाधिवक्ताको कार्यालयमा मुद्दा नचलाउन सिफारिसहित स्वीकृतिका लागि फाइल पठाएको थियो ।

फायलअनुसन्धान प्रतिवेदनबाट मुद्दा चलाउनपर्ने देखिएकाले मुद्दा चलाउने निर्णयसहित प्रक्रिया अघि बढेको महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता सूर्यराज दाहालले बताए ।

बाल मन्दिरको जग्गा कौडीको मूल्यमा ७९ वर्षसम्मका लागि भाडामा दिएर सरकारी सम्पत्ति हानी–नोक्सानी गरेको आरोप सिंहसहित १७ जनालाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार