१७ सयले बढ्यो सुन

काठमाडौं । आज नेपाली बजारमा सूनको मूल्य बढेको छ । बुधबार छापावाल सुन प्रति तोला १ हजार ७०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रति तोला १ लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रति तोला ५ हजार ३०० रुपैयाँले बढेर १ लाख ८९ हजार ९०० रुपैयाँ पुगेको थियो ।

चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार चाँदी प्रति तोला १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार पनि चाँदी सोही मूल्यमा खरिद बिक्री भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार