काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले नेपाल दुग्ध विकास संस्थान (डीडीसी) ले किसानसँग खरिद गरेको दूधको पैसा नदिएको बताएका छन् ।
उनले डीडीसीले किसानसँग खरिद गरेको दूधको पैसा विगत ५ महिनादेखि नदिएको भन्दै दिने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा शून्य समयमा बोल्दै सांसद सापकोटाले ६ महिनादेखि दूधको पैसा नपाएपछि किसानलाई पशु पाल्न गाह्रो भएको भन्दै रकम भुक्तानीका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । ‘डीडीसीले दूध खरिद गर्ने तर पैसा नदिदाँ किसानहरु मर्कामा परेका छन् पशु पाल्न गाह्रो भएको छ,’ उनले भने,‘त्यसैले सरकारले डीडीसँग समन्वय गरी किसानको भूक्तानी गर्न सहजीकरण गर्नु आवश्यक छ।

