काठमाडौं । संघीय संसद्का दुवै सदनको वैठक आज पनि वस्दै छ । प्रतिनिधिसभाको छैटौ अधिबेशनको नबौ बैठक आज संसद भबन नयाँ बानेश्वरमा ११ बजे बस्दैछ । राष्ट्रिय सभाको बैठक दोउदो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।
आजको बैठकमा आर्थिक बर्ष २०८२/८३ को लागि राष्ट्रपति राम चन्द्र पौडेलले पेश गरेको नीति तथा कार्यक्रममा छलफल हुने संसदका महासचिव पध्म प्रसाद पाण्डेयले जानकारी दिइका छन् ।
नीति तथा कार्यक्रममाथि वैशाख २२ देखि जारी छलफल २८ गतेसम्म पारित गर्ने कार्यसूची यसअघि नै तय भएको छ । यस्तै, वैशाख ३० गते विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुनेछ ।


