साताको शेयर : नेप्से ३८ अंकले बढ्दा ६४ अर्बले बढ्यो बजार पुँजीकरण

काठमाडौं । यो साता पाँच कारोबार दिन मध्ये शेयर बजार दुई दिन मात्र बढ्यो । मंगलबार र बुधबार शेयर बजार बढ्दा अधिकांश सूचकहरु सातामा राम्रो देखिएको छ । नेपाल राष्ट्र बैंकमा गर्भनर नियुक्तिको सम्भावना भए सँगै बजारमा सकारात्मक प्रभाव परेको देखिन्छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले उपलब्ध गराएका तथ्यांक अनुरुप गत साताको तुलनामा यो साता कारोबार रकम ११ अर्ब ५ करोड ७७ लाखले बढेको छ । गत साता ३६ अर्ब ७३ करोड ८१ लाख कारोबार रकम हुँदा यो साता ४७ अर्ब ७९ करोड ५८ लाख पुगेको छ ।

कारोबार रकम बढ्दा बजार पुँजीकरण रकम पनि बढेको छ । गत साताको तुलनामा यो साता बजार पुँजीकरण रकम ६४ अर्ब ६७ करोड ९५ लाखले बढेको हो । गत साता ४३ खर्ब ६२ अर्ब ८५ करोड पुगेको बजार पुँजीकरण रकम यो साता ४४ खर्ब २७ अर्ब ५३ करोड पुगेको हो ।

साथै कारोबार कित्ता शेयरको संख्या समेत बढेको छ । गत साताको तुलनामा यो साता कारोबार कित्ता शेयर२ करोड ३६ लाख ६९ हजारले बढेको हो । गत साता ९ करोड ५२ लाख ६० हजार शेयर कित्ता खरिद बिक्री हुँदा यो साता ११ करोड ८९ लाख ३० हजार कित्ता शेयर खरिद बिक्री भएको हो ।

नेप्सेले उपलब्ध गराएको तथ्यांक अनुरुप नेप्से परिसूचक पनि २६०० माथि रहेको छ । यो साता नेप्से परिसूचक २६६१.६४ विन्दुमा पुगेर बन्द भएको छ । जुन गत साताको तुलनामा यो साता नेप्से परिसूचक ३७.८१ अंकले बढी हो । गत साता नेप्से परिसूचक २६२३.८३ विन्दुमा पुगेर बन्द भएको थियो । यो साता सेन्सेटिभ इन्डेक्स पनि ४४८.८९ विन्दुमा पुगेर बन्द भएको छ । जुन गत साताको तुलनामा ६.८९ अंकले बढी हो । गत साता सेन्सेटिभ इन्डेक्स ४४२ विन्दुमा पुगेर बन्द भएको थियो ।

 

नेप्सका अनुसार समीक्षा अवधिमा समूहगत परिसूचकको हकमा भने १० वटा समुह बढ्दा बाँकी ३ वटा समुह घटेको छ । गत साताको तुलनामा यो साता बैंकिङ २०, विकास बैंक ३२, वित्त १४७, होटल र पर्यटन ७६, जलविद्युत १३१, जीवन बीमा २८४, उत्पादन र प्रशोधन ९८, लघुवित्त ७६, म्युअुचल फण्ड ०.०६, निर्जीवन बीमा ४१३ अंकले बढेको हो । समिक्षा अवधिमा लगानी ०.७३, व्यापार ४७ र अन्य समूह २९ अंकले घटेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार