काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष २०८१।८२ को तेस्रो त्रैमाससम्म २ करोड ७५ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।
कम्पनी गत आवको यसै अवधिसम्म करिब साढे ७ करोड रूपैयाँ खुद नोक्सानीमा रहेको थियो । यस वर्ष भने लघुवित्तले खुद नाफा आर्जन गर्न सफल भएको हो ।
कम्पनीको खुद ब्याज आम्दानी गत आवको चैतमा १७ करोड ५३ लाख रूपैयाँ रहेकोमा यस वर्ष ५८ प्रतिशतभन्दा बढीले वृद्धि भएर २७ करोड ८६ लाख रूपैयाँ नाघेको छ ।
यसैगरी कम्पनीको कुल सञ्चालन आम्दानी पनि गत वर्ष २० करोड ६३ लाख रूपैयाँ रहेकोमा यस वर्ष साढे ५३ प्रतिशतले वृद्धि भएर ३१ करोड ६६ लाख रूपैयाँ नाघेको छ ।
चु्क्ता पुँजी ७२ करोड १४ लाख रूपैयाँ रहेको कम्पनीको शेयर प्रिमियम ७ करोड रूपैयाँ, जगेडा कोषमा २० करोड रूपैयाँ छ । साथै कम्पनीको शेयरधनी कोष भने ४ करोड ४० लाख रूपैयाँ ऋणात्मक छ ।
घाटामा रहँदा गत आवको तेस्रो त्रैमासमा १३.८५ रुपैयाँ ऋणात्मक रहेको यस लघुवित्तको कम्पनीको प्रतिशेयर आम्दानी यस वर्ष नाफामा पुगेसँगै ५.०९ रूपैयाँ धनात्मक भएको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १३१.७९ रूपैयाँ छ ।
चालु आवको तेस्रो त्रैमाससम्ममा लघुवित्तको खराब कर्जा अनुपात ८.२९ बाट घटेर ५.५९ प्रतिशतमा सुधार भएको छ । कम्पनीको वितरणयोग्य नाफा १ करोड ७९ लाख रूपैयाँ छ ।


