काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लभांश प्रस्ताव सार्वजनिक गरेको छ । वैशाख २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको आधारमा २.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनाका लागि ०.१३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापुँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार रहेको छ ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति पछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
यस वर्ष कम्पनीले गत वर्षभन्दा कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले ५.७९ प्रतिशत बोनस शेयर र कर प्रयोजनाका लागि ०.२९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

