काठमाडौं । साताको पहिलो दिन शेयर बजार घटेको छ । गत सातादेखि (मंगलबार र बुधबार बाहेक) निरन्तर घटेको शेयर बजार आइतबार पनि घटेको हो ।
आइतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १२.५३ अंकले घटेर २६४९.११ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने २.७५ अंकले घटेर ४४६.१३ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स ०.९३ अंकले र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.७३ अंकले घटेको हो ।
आइतबार ३०० वटा कम्पनीको २ करोड ४० लाख ११ हजार १४ कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम १० अर्ब २ करोड २७ लाख १ हजार पुगेको छ । जुन बिहीबारको तुलनामा कारोबार रकम १ अर्ब ४४ करोड ७३ लाख १६ हजारले कम हो । बिहीबार ३१५ वटा कम्पनीको ३ करोड ७ लाख ९९ हजार ९१ कित्ता शेयर खरीद बिक्री हुँदा कराोबार रकम ११ अर्ब ६५ करोड १७ हजार पुगेको हो ।
यसैबीच आइतबार बजार पुँजीकरण रकम ४४ खर्ब ६ अर्ब ६८ करोड पुगेको छ । बिहीबार भने बजार पुँजीकरण रकम ४४ खर्ब २७ अर्ब ५३ करोड पुगेको हो ।
यसदिन ८२ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १६४ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।
यस दिन ४ वटा उपसमूह बढ्दा ९ वटा उपसमूह घटेको छ । विकास बैंक ५९, होटल र पर्यटन ४०१, जीवन बीमा १५ र व्यापार १६ अंकले बढ्दा बैंकिङ ७, वित्त ८६, जलविद्युत ४९, लगानी २, उत्पादन र प्रशोधन ३३ , लघुवित्त ११, म्युअुचल फण्ड ०.०६, निर्जीवन बीमा १९ र अन्य सूमह ३४ अंकले घटेको हो ।
यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा राधी विद्युत कम्पनी, ङादी ग्रुप, युनिभर्सल पावर कम्पनी, सानिमा माई हाइड्रोपावर र बुटवल पावर कम्पनी रह्यो ।
राधी विद्युत कम्पनीको ६६ करोड १० लाख, ङादी ग्रुपको ६० करोड ६८ लाख, युनिभर्सल पावर कम्पनीको ५४ करोड ६७ लाख, सानिमा माई हाइड्रोपावरको ५३ करोड ३३ लाख र बुटवल पावर कम्पनीको ३२ अर्ब ५७ करोड बराबर करोबार भयो ।

