मूल्य वृद्धि १.२२ प्रतिशत विन्दुले घट्यो

काठमाडौं । नेपालमा मुद्रास्फीति (मूल्य वृद्धि) घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को चैतमसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा मूल्य वृद्धि घटेको देखिएको हो ।
२०८१ चैत महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.३९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.६१ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.४५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ५.२२ प्रतिशत र ४.२० प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११.६३ प्रतिशत, फलफूलको ९.०७ प्रतिशत, दाल तथा गेडागुडीको ६.५८ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको ५.१६ प्रतिशतले बढेको छ भनेतरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.२४ प्रतिशत, मरमसलाको २.३२ प्रतिशत र माछा तथा मासुको ०.८९ प्रतिशतले घटेको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप– समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ८.६९ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ७.०१ प्रतिशत, मदिराजन्य पेय पदार्थको ६.०७ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ५.५९ प्रतिशत र सुर्तिजन्य पदार्थको ४.८३ प्रतिशतले बढेको छ ।

समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.७८ प्रतिशतले र शहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.२५ प्रतिशतले बढेको छ ।

प्रदेशगत रुपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९१ प्रतिशत, मधेश प्रदेशको ३.५९ प्रतिशत, बागमती प्रदेशको २.८० प्रतिशत, गण्डकी प्रदेशको २.८३ प्रतिशत, लुम्बिनी प्रदेशको ३.११ प्रतिशत, कर्णाली प्रदेशको ३.११ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ३.५१ प्रतिशत रहेको छ । ट। समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.९५ प्रतिशत, तराईको ३.३१ प्रतिशत, पहाडको ३.४६ प्रतिशत र हिमालको ४.४७ प्रतिशत रहेको छ ।

२०८१ चैत महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ४.२० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.९४ प्रतिशत रहेको थियो । ड। समीक्षा महिनामा उपभोग्य वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ९.८३ प्रतिशतलेबढेको छ भने मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः १.०८ प्रतिशत र ३.०६ प्रतिशतले बढेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मुद्रास्फीति २.५२ प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०८१/८२ को तेस्रोत्रयमासमा वार्षिक बिन्दुगत तलब तथा ज्याला सूचकाङ्क २.६२ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो वर्षको सोही त्रयमासमा यस्तो सूचकाङ्क ५.३४ प्रतिशतले बढेको थियो । ज्ञण्। प्रदेशगत रुपमा समीक्षा अवधिमा कोशी प्रदेशको वार्षिक बिन्दुगत तलब तथा ज्याला सूचकाङ्कको बृद्धिदर १.१६ प्रतिशत, मधेश प्रदेशको २.१६ प्रतिशत, बागमती प्रदेशको १.९२ प्रतिशत, गण्डकी प्रदेशको ३.२५ प्रतिशत, लुम्बिनी प्रदेशको ३.२५ प्रतिशत, कर्णाली प्रदेशको ३.१३ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ८.०८ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार