काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । आइतबार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा रहेकोमा आज पनि सोही मूल्यमा कारोबार भैरहेको छ ।
यसदिन बेलायती पाउन्ड र अस्ट्रेलियन डलरको मूल्य बढ्दा युरोपियन युरोको मूल्य भने घटेको छ ।
आज युरोपियन युरो एकको खरिददर १५३ रूपैयाँ ३१ पैसा र बिक्रीदर १५३ रूपैयाँ ९९ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १५३ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५४ रुपैयाँ ७ पैसा रहेको थियो थियो।
के पाउन्ड स्टर्लिङ एकको खरिददर १८१ रूपैयाँ ३५ पैसा र बिक्रीदर १८२ रूपैयाँ १५ पैसा र अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ४० पैसा र बिक्रीदर ८७ रूपैयाँ ७८ पैसा पुगेको छ । आइतबार पाउन्ड एकको खरिददर १८० रुपैयाँ ९७ पैसा र बिक्रीदर १८१ रुपैयाँ ७७ पैसा र स्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ २७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६६ पैसा थियो।
आज स्वीस फ्र्याङ्क एकको खरिददर १६३ रूपैयाँ ९३ पैसा र बिक्रीदर १६४ रूपैयाँ ६५ पैसा कायम गरिएको छ ।
क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ७९ पैसा र बिक्रीदर ९८ रूपैयाँ २२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रूपैयाँ र बिक्रीदर १०५ रूपैयाँ ४६ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रूपैयाँ ३८ पैसा र बिक्रीदर नौ रूपैयाँ ४२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ८३ पैसा र बिक्रीदर १८ रूपैयाँ ९२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३४ पैसा र बिक्रीदर ३६ रूपैयाँ ५० पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ३९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ५६ पैसा तोकेको छ ।
थाई भाट एकको खरिददर चार रूपैयाँ १३ पैसा र बिक्रीदर चार रूपैयाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ११ पैसा र बिक्रीदर ३७ रूपैयाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ७२ पैसा र बिक्रीदर ३१ रूपैयाँ ८६ पैसा निर्धारण गरिएको छ । यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ७६ पैसा र बिक्रीदर नौ रूपैयाँ ८१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ ०४ पैसा र बिक्रीदर १४ रूपैयाँ १० पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ५५ पैसा र बिक्रीदर २० रूपैयाँ ६४ पैसा तोकिएको छ ।
हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ५२ पैसा र बिक्रीदर १७ रूपैयाँ ६० पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रूपैयाँ ३० पैसा र बिक्रीदर ४४६ रूपैयाँ २६ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रूपैयाँ ५२ पैसा र बिक्रीदर ३६३ रूपैयाँ ११ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रूपैयाँ ४९ पैसा र बिक्रीदर ३५६ रूपैयाँ ०५ पैसा रहेको छ ।


