मर्जर प्रस्तावसहित स्वरोजगार लघुवित्तको साधारणसभा आज

काठमाडौं । मर्जर प्रस्तावसहित स्वरोजगार घुवित्तको साधारणसभा आज हुँदैछ । काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बिहान ११:३० बजे कम्पनीको साधारणसभा हुँदैछ ।

कम्पनीले साधारणसभाबाट सञ्चालक समितिको प्रस्तावअनुसार चुक्ता पूँजीको १३.५० प्रतिशत बोनस शेयर र ०.७१ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्दैछ ।

आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण पारित गर्ने र चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्ने एजेण्डा साधारणसभाको छ ।

यस्तै अन्य उपयुक्त लघुवित्तसँग मर्जरका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि साधारणसभाले गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार