काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको खुद नाफा घटेको छ । कम्पनीको चालु आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासमा खुद नाफा १ करोड ५४ लाख १९ हजार रहेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा ५८.९८ प्रतिशत अर्थात् ९० लाख ९५ हजारले खुद नाफामा कमी आएको हो । गत आवको सोहि अवधिमा कम्पनीको खुद नाफा २ करोड ४५ लाख १४ हजार रहेको थियो ।
कम्पनीले चालु आवको तेस्रो अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै कुल आम्दानी घट्दा खुद नाफा प्रभावित भएको जनाइएको हो । गत आवको तेस्रो त्रैमासमा १२ अर्ब ४४ करोड ७६ लाख कुल आम्दानी रहेको कम्पनीको चालु आवको तेस्रो त्रैमासमा कुल आम्दानी ११ अर्ब ३९ करोड ६९ लाख रहेको छ ।
समिक्षा अवधिमा बीमा शुल्क आम्दानी बढ्दा व्याज आम्दानी भने घटेको छ । गत आवको तेस्रो त्रैमासमा ७ अर्ब ६९ करोड ३६ लाख बीमा शुल्क आम्दानी रहेको कम्पनीको चालु आवको तेस्रो त्रैमासमा ७ अर्ब ७९ करोड २० लाख रहेको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमासमा २१ करोड ९१ लाख २९ हजार ब्याज आम्दानी गर्दा गत आवको सोहि अवधिमा ब्याज आम्दानी १८ करोड ३५ लाख १२ हजार रहेको थियो ।
१८ करोड १० लाख २० हजार चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा भने ३ करोड ५ लाख ५० हजार रहेको छ भने प्रति शेयर आम्दानी १७ रुपैयाँ ४ पैसा रहेको छ ।

