काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले १४ अर्ब ७ करोड ९५ लाख २६ हजार खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले चालु आर्थिक वर्ष (आव)को तेस्रो त्रैमास अवधिमा उक्त आम्दानी गरेको हो । जुन रकम गत आवको यसै अवधिको तुलनामा ११.४८ प्रतिशतले बढी हो । गत आवको सोहि अवधिमा कम्पनीको खुद बमिा शुल्क आर्जन १२ अर्ब ६२ करोड ९४ लाख ९६ हजार रहेको थियो ।
कम्पनीको खुद दाबी भुक्तानी भने गत आवको तुलनामा ९.९६ प्रतिशतले बढी भएको छ । चालु आवमा कम्पनीको खुद दाबी भुक्तानी १५ अर्ब ६२ करोड ६७ लाख रहेको छ । गत आवको सोहि अवधिमा खुद दाबी भुक्तानी १४ अर्ब २१ करोड ४ लाख रहेको थियो ।
कम्पनीले यस आवको तेस्रो त्रैमासमा ५.१८ प्रतिशत खुद नाफा गरेको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमासमा ४० करोड ८५ लाख २२ हजार खुद नाफा रहेको छ भने गत आवको सोहि अवधिमा खुद नाफा ३८ करोड ८३ लाख ७९ हजार रहेको थियो ।
कम्पनीको गत आवको तेस्रो त्रैमासमा कुल खर्च १६ अर्ब ४७ करोड ४० लाख रहेकोमा यस आवको तेस्रो त्रैमासमा कुल खर्च १८ अर्ब ३२ करोड ५९ लाख रहेको छ । समिक्षा अवधिमा कुल खर्च ११.२४ प्रतिशतले बढेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब २१ करोड २१ लाख ३३ हजार रहेको छ भने रिर्टन अनिर्ङस ८५ करोड ५१ लाख ७३ हजार रहेको छ ।
महाविपत्ती कोषमा ६१ करोड ६ लाख रहेको कम्पनीको अदर इक्विटी ४० करोड ७० लाख बढी छ । कम्पनीको प्रति शेयर आम्दानी १० रुपैयाँ ४९ पैसा, प्रति शेयर नेटवर्थ १३६ रुपैयाँ ४७ पैसा र मूल्य आम्दानी अनुपात ५९.५६ गुण छ ।

