काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको खुद नाफा बढेको छ । सिटिजन लाइफ इन्स्योरेन्सले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणमा खुद नाफा बढेको देखिएको हो।
चालु आवको चैत मसान्तसम्म इन्स्योरेन्सले ३५ करोड ७६ लाख ४८ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।
गत आवको सोही अवधिमा इन्स्योरेन्सको खुद नाफा २८ करोड १३ लाख ३ हजार रुपैयाँ थियो । समीक्षा अवधिमा इन्स्योरेन्सको खुद नाफा ७ करोड ६३ लाख ४५ हजार रुपैयाँले बढेको छ ।
खुद आर्जित बीमा शुल्क बढ्दा इन्स्योरेन्सको नाफा बढेको हो । चालु आवको साउनदेखि चैतमसान्तसम्मको अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमा शुल्क ४ अर्ब ८१ करोड ६२ लाख २३ हजार रुपैयाँ छ । गत आवको सोही अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमा शुल्क ३ अर्ब ९९ करोड ११ लाख ८ हजार रुपैयाँ थियो ।
समीक्षा अवधिमा इन्स्योरेन्सको प्रति शेयर आम्दानी ९.५४ रुपैयाँ र नेटवर्थ प्रति शेयर १४६.९१ रुपैयाँ छ ।

