सलिकोको नाफा २५ करोड बढी

काठमाडौं । सगरमाथा लुम्बिनी कम्पनी (सलिको) को नाफा २५ करोड बढी रहेको छ ।

कम्पनीको चालु आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासमा खुद नाफा २५ करोड १९ लाख ४९ हजार पुगेको छ । गत आवको सोहि अवधिको तुलनामा भने खुद नाफा घटेको छ । गत आवको तेस्रो त्रैमासमा कम्पनीको खुद नाफा ४७ करोड ५४ लाख ६ हजार रहेको थियो ।

कम्पनीको खुद बीमा शुल्क आर्जनमा कमी आउँदा नाफा प्रभावित भएको हो । गत आवमा १ अर्ब ३७ करोड ३७ लाख खुद बीमा शुल्क रहेको कम्पनीको चालु आवमा भने १ अर्ब २९ करोड २४ लाख खुद बीमा शुल्क रहेको छ ।

कम्पनीको कुल बीमा शुल्क आर्जन गत आवमा ३ अर्ब १२ करोड ८३ लाख रहेकोमा चालु आवमा भने २ अर्ब ९४ करोड ८८ लाख रहेको छ ।

कम्पनीको कुल आम्दानी १.५५ प्रतिशत वृद्धि भई २ अर्ब ९ करोड १३ लाख पुगेको छ । कुल खर्च भने २५.४४ प्रतिशत बढेर १ अर्ब ७३ करोड १३ लाख पुगेको छ ।

कम्पनीको दाबी भुक्तानी पनि ४६.५० प्रतिशत वृद्धि भएको छ । चालु आवमा कम्पनीले १ अर्ब १४ करोड १३ लाख खुद दाबी भुक्तानी दिएको छ । कम्पनीको लगानी भने ५.८७ प्रतिशत वृद्धि भई ६ अर्ब ७७ कोड ८८ लाख पुगेको छ ।

हाल चुक्ता पुँजी २ अर्ब ६२ करोड २६ लाख रहेको कम्पनीको विशेष जगेडा कोषमा २ अर्ब ५५ करोड ४ लाख र महाविपत्ति कोषमा २१ करोड ४१ लाख रहेको छ । यस्तै रिटेन्ड अर्निङमा ६२ करोड ६१ लाख र अन्य इक्विटीमा ५१ करोड २२ लाख रहेको छ।

कम्पनीको प्रति शेयर आम्दानी (इपिएस) १२ रुपैयाँ ८१ पैसा र प्रति शेयर नेटवर्थ २४८ रुपैयाँ ८२ पैसा रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात (पीई रेसियो) ५५.९८ गुणा र सोल्भेन्सी मार्जिन रेसियो २.७५ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार