काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सको चालु आर्थिक वर्ष (आव) को तेस्रो त्रैमासमा खुद नाफा २३ करोड ३५ लाख रहेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा १६.२१ प्रतिशतले बढेको छ ।
गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २० करोड ९ लाख नाफा आर्जन गरेको थियो ।
कम्पनीले तेस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ६८ करोड ५६ लाख कुल बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ५३ करोड २३ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन १० प्रतिशतले बढेको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको विशेष जगेडामा ७० करोड १४ लाख , महाविपत्ति कोषमा ४ करोड ३५ लाख, रिटेन्ड अर्निङमा २८ करोड ९६ लाख र अन्य इक्विटीमा १३ करोड १७ लाख रहेको छ । अघिल्लो वर्ष विशेष जगेडामा ५८ करोड ४६ लाख , महाविपत्ति कोषमा ३ करोड ७६ लाख रिटेन्ड अर्निङमा १८ करोड १६ लाख र अन्य इक्विटीमा १६ करोड ५१ लाख रहेको थियो ।
तेस्रो त्रैमाससम्म कम्पनीको बीमा कोषमा ४ अर्ब ८० करोड ८५ लाख रहेको छ । अघिल्लो वर्ष बीमा कोषमा ३ अर्ब ३० करोड ७३ लाख थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार ४५.३९ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिसम्म कम्पनी ४९ करोड ५२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ४९ करोड ४३ लाख खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा खुद बीमाशुल्क ०.२० प्रतिशतले बढेको छ ।
शेयर पुँजी २ अर्ब रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस)ं बढेर १५ रुपैयाँ५७ पैसा कायम भएको छ । गत वर्ष ईपीएस १३ रुपैयाँ ४० पैसा रहेको थियो । चैतमा मूल्य आम्दानी अनुपात पीई रेसियो ३७.५४ गुणा र प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ३२ पैसा रहेको छ ।

