CLI

प्रभु इन्स्योरेन्सको खुद नाफ १९ करोडले घट्यो

काठमाडौं । प्रभु इन्स्योरेन्सको खुद नाफा घटेको छ । चालु आर्थिक वर्ष २०८१÷८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण गत आवको सोही अवधिको तुलनामा इन्स्योरेन्सको खुद नाफा घटेको देखिएको हो।

चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्ममा इन्स्योरेन्सले २० करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ३९ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा इन्स्योरेन्सको खुद नाफा १९ करोड १२ लाख रुपैयाँ अर्थात ४८.८४ प्रतिशत कम हो।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको ईपीएस १९.४० रुपैयाँले घटेर १८.५३ रुपैयाँमा कायम भएको छ । इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ रहेको छ।

Leave Your Comment

Related News