समृद्धि फाइनान्सको ११ लाख ३५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ११ लाख ३५ हजार १६१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले ३५ दिने सूचना जारी गर्दै संस्थापक शेयधनीका लागि उक्त सूचना प्रकाशित गरेको हो । इच्छुक संस्थापक शेयरधनीले नियमानुसार कतिमा कति कित्ता शेयर खरिद गर्न चाहेको हो, खुलाई निवेदन दिनसक्नेछन् ।

उक्त म्याद भित्र विद्यमान संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि निवेदन प्राप्त नभएमा बाह्य खरिदकर्तालाई संस्थापक शेयर बिक्रीका लागि प्रकृया अगाडी बढाइने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार