काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको दायित्व बढेर ७ अर्ब ५२ करोड २७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको ९ महिनाको अवधिमा यस्तो दायित्व ४ अर्ब ८१ करोड ८० लाख रुपैयाँ रहेको थियो ।
कम्पनीले चालु आवको तेस्रो त्रैमास चैत मसान्तसम्म ४८ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको यस अवधिमा कम्पनीको नाफा ८९ करोड रुपैयाँ रहेको छ ।
कम्पनीको सम्पत्ति १६ अर्ब ८५ करोड रुपैयाँ रहेकोमा हालसम्मको कुल नाफा ३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी १४८.३९ रुपैयाँ रहेको छ भने अधिकतम् साधारण शेयरमूल्य २२ हजार ४९६ रुपैयाँ रहेको छ ।

