दुई हजारले घट्यो सुन

काठमाडौं । नेपाली बजारमा सूनको मूल्य घटेको छ । आज सुन प्रति तोला २ हजार रुपैयाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रति तोला १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य १ लाख ८६ हजार ८०० रुपैयाँ थियो । सोमबार पनि सुनको मूल्य ३ हजार ७०० रुपैयाँले घटेको छ ।

सुनको मूल्य घटे पनि चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार चाँदी प्रति तोला १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको मूल्य १ हजार ९६० रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार