आफू जन्मिनु अगाडि प्रधानमन्त्री भइसकेका नेता ‘डेट एक्सपायर’ भए : निशा डाँगी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक निशा डाँगीले आफू जन्मिनुभन्दा अगाडि नै प्रधानमन्त्री भइसकेका नेता अब ‘डेट एक्सपायर’ भइसकेको बताएकी छन् ।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद डाँगीले नयाँ पुस्ताले नयाँ राजनीतिज्ञलाई देख्न चाहेको बताएकी हुन् । उनले डेट एक्सपायर नेतालाई बिदा दिनुपर्ने र जेनजी पुस्तालाई बुझ्न सक्ने नेता राजनीतिमा आउनुपर्ने बताइन् ।

‘यस वर्ष जेनजी पुस्ताको विषयमा धेरै छलफल भए तर ति छलफलले हाम्रो वास्तविक आवश्यकता बुझ्न सकेका छैनन् । त्यसैले म जेनजी पुस्ताको प्रतिनिधित्व गर्दै हाम्रा पुस्ताका मागहरू राख्न चाहन्छु । हामी स्थिर सरकार चाहन्छौँ, जहाँ विकासले गति लिओस् । हाम्रो भविष्य सुनिश्चित गरियोस्,’ उनले भनिन्, हाम्रो हजुरबुबाको पालादेखिका नेताहरूबाट आशा मरिसक्यो सभामुख महोदय, म जन्मिनु अघिदेखि नै प्रधानमन्त्री बन्नुभएका नेताहरूको डेट एक्सपायर भइसक्यो । हामी नयाँ अनुहार र नयाँ सोचको नेतृत्व चाहन्छौँ । हामी रोजगारी र उद्यमशीलतामा प्रोत्साहन गर्ने नीति चाहन्छौँ । सीप विकासका तालिम चाहन्छौँ ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार