नेप्सेसँगै घट्यो कारोबार रकम

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार घटेको छ । गत सातादेखि (मंगलबार र बुधबार बाहेक) निरन्तर घटेको शेयर बजार मंगलबार पनि घटेको हो । सोमबार भने सार्वजनिक बिदा रहेको थियो ।

मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १४.८७ अंकले घटेर २६३४.२३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १.४१ अंकले घटेर ४४४.७२ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स ०.६० अंकले र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.२८ अंकले घटेको हो ।

मंगलबार ३१४ वटा कम्पनीको २ करोड १८ लाख २८ हजार २३१ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबाररकम ९ अर्ब ६३ करोड ४८ लाख १२ हजार पुगेको छ । जुन आइतबारको तुलनामा कारोबार रकम ३८ करोड ७८ लाख ८९ हजारले कम हो । आइतबार ३०० वटा कम्पनीको २ करोड ४० लाख ११ हजार १४ कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम १० अर्ब २ करोड २७ लाख १ हजार पुगेको हो ।

यसैबीच मंगलबार बजार पुँजीकरण रकम ४३ खर्ब ८१ अर्ब ९४ करोड पुगेको छ । आइतबार भने बजार पुँजीकरण रकम ४४ खर्ब ६ अर्ब ६८ करोड पुगेको थियो ।

यसदिन ७७ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १६८ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

यस दिन ३ वटा उपसमूह बढ्दा १० वटा उपसमूह घटेको छ । विकास बैंक ४७, जीवन बीमा १२७ र उत्पादन र प्रशोधन २५ अंकले बढ्दा बैंकिङ ४, वित्त ४७, होटल र पर्यटन १५१, जलविद्युत ४२, लगानी ०.८८, लघुवित्त ३३, म्युअुचल फण्ड ०.०३, निर्जीवन बीमा ७५, व्यापार १११ र अन्य सूमह १४ अंकले घटेको हो ।

यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा युनिभर्सल पावर कम्पनी, ङादी ग्रुप, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, सानिमा माई हाइड्रोपावर र राधी विद्युत कम्पनी बन्यो । युनिभर्सल पावर कम्पनीको ६७ करोड २० लाख, ङादी ग्रुपको ५२ करोड ९० लाख, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको ५१ करोड २५ लाख, सानिमा माई हाइड्रोपावरको ४७ करोड १४ लाख र राधी विद्युत कम्पनीको ४६ करोड २९ लाख बराबर करोबार रकम रह्यो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार