भरतपुरमा हुन्डाई क्रेटा ईभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम आयोजना

काठमाडौं । नेपालमा हुन्डाई सवारी साधनको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले भरतपुर, चितवनमा नयाँ क्रेटा ईभी सार्वजनिक गर्दै अन्तरक्रिया कार्यक्रम सफलताका साथ आयोजना गरेको छ । हुन्डाई नेपालले ग्राहक वर्गलाई प्रदान गरिरहेको उच्च गुणस्तरको सेवा, उत्कृष्ट मूल्यमा विश्वसनीय गाडी र देशभर फैलिएको व्यापक नेटवर्कले गर्दा उपभोक्ताहरूको मन जित्न सफल भई आज नेपालको अग्रणी अटो ब्रान्डहरू मध्ये एक बनेको छ।

कम्पनीको अनुसार, नयाँ क्रेटा ईभीको आगमनले विद्युतीय सवारी सम्बन्धी सोच र शङ्का भएका ग्राहकहरूलाई स्पष्ट निर्णय लिन थप सजिलो बनाएको छ। धेरैलाई ईभी खरीद गर्दा स्पेयर पार्ट्सको उपलब्धता, सेवा शुल्क र दीर्घकालीन ब्रान्ड सपोर्टको विषयमा शङ्का हुने गरेको देखिन्छ। तर हुन्डाई नेपालले देशमै क्रेटा आईस, पेट्रोल मोडलको निर्माण कार्य थालिसकेको छ। क्रेटा ईभी र आईस, दुवै मोडलमा एउटै प्लेटफर्म प्रयोग हुने भएकोले अब कुनै पनि समस्या हुने छैन। साथै लक्ष्मी हुन्डाईले ईभी इकोसिस्टमलाई पनि अझै मजबूत बनाउन आरई–एलएएक्स चार्जिङ्गको नेटवर्क विस्तार गर्दै छ जस अन्तर्गत अहिले नै देश भरका विभिन्न ठाउहरुमा आरई–एलएएक्स डीसी र एसी गरी ६६ चार्जर सुचारु भैसकेको छ। त्यसैले ग्राहकहरूलाई हुन्डाईको पेट्रोल (आईस) र ईभी कुनै पनि गाडी खरिद गर्दा सेवा, पार्ट्स र सपोर्टमा कुनै किसिमको कमी नहुने दाबी कम्पनीले गरेको छ।

नेपालको हरेक क्षेत्रमा यो सन्देश फैलाउन कम्पनीको उच्च व्यवस्थापन टोली विभिन्न सहरमा डिलरहरूसँग प्रत्यक्ष भेटघाट गरिरहेको छ । सोही अभियान अन्तर्गत कम्पनीले २०८२ वैशाख २९ गते (१२ मे २०२५) मा पिनाकल ट्रेडिङ प्रालि (हुन्डाईको आधिकारिक डिलर) मा आयोजित विशेष भेटघाट कार्यक्रममा नयाँ क्रेटा ईभी सार्वजनिक गरेको हो । यस कार्यक्रमले सहभागीहरुबाट अत्यन्त राम्रो प्रतिक्रिया पाएको छ । कार्यक्रम स्थलबाट ५ वटा क्रेटा ईभी ग्राहकहरूलाई गरिएको छ । कम्पनीका प्रतिनिधिहरूले कार्यक्रमका सहभागीहरूसँग प्रत्यक्ष संवाद गर्दै हुन्डाई गाडी सम्बन्धी विस्तृत जानकारी र आवश्यक सहयोग प्रदान गरेका छन् ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि भरतपुर, चितवनको कार्यक्रमका सम्पूर्ण सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्न चाहन्छ। कम्पनीले एक सफा र स्मार्ट भविष्यतर्फको यात्रालाई अगाडि बढाउँदै देशभर ग्राहकहरूसँगको सम्बन्धलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार