CLI

विदेशी मुद्रा साट्दै हुनुहुन्छ? यस्तो छ आजका लागि विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ ।

यसदिन अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८४ पैसा रहेको छ । युरोपियन युरो एकको खरिददर १५१ रुपैयाँ ३६ पैसा र बिक्रीदर १५२ रुपैयाँ २, पाउन्ड एकको खरिददर १७९ रुपैयाँ ९५ पैसा र बिक्रीदर १८० रुपैयाँ ७४ पैसा निर्धारण भएको छ ।

यस्तै आज अस्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७४ पैसा छ, कुबेती दिनार एकको खरिददर ४४२ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ९२ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६२ रुपैयाँ ९९ पैसा कायम भएको छ ।

जापानी येन १० को खरिददर ९.२० र बिक्रीदर ९.२४, चिनियाँ युआन एकको खरिददर १८.९२ र बिक्रीदर १९ रुपैयाँ, साउदी रियालको एकको खरिददर ३६.३२ र बिक्रीदर ३६.४८, कतारी रियाल एकको खरिददर ३७.३८ र बिक्रीदर ३७.५४, थाई भाट एकको खरिददर ४.१० र बिक्रीदर ४.१२ रुपैयाँ तोकिएको छ ।
यसैगरी युएई दिरामको एकको खरिददर ३७.०९ र बिक्रीदर ३७.२६, मलेसियाली रिंगिट एकको खरिददर ३१.५२ र बिक्रीदर ३१.६६ तथा दक्षिण कोरियाली वनको १०० मा खरिददर ९.५७ र बिक्रीदर ९.६२ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार